नेपालीहरुको महान चाड विजया दशै यो बर्ष कोरानाको कारण नत मानिसहरू नजिकिन्छ्न्, न त गाउँघर नै रमाइलो छाएको छ,न ति परम्परागत लिङ्गा पिङ झल्केका छन् कोराना सँग सँगै निरास र खल्लो दशै ।
नेपालीहरुको महान चाड वडा दशै अशत्य माथि बिजयको जित भन्ने आधारित नै छ दशैलाई आशीर्वाद लिने,दिने वा आफन्त भेट्ने मौका पनि मानिन्छ तर यो बर्ष निराशपन छाएको छ । सांस्कृतिक सामाजिक पक्षमा कोरानाको असर पहिला त सांस्कृतिक मयार्दाका अभ्यासमा घटस्थापना देखि नै दशै आए जस्तो हुन्थ्यो । लिङ्गे पिङका लागि बाबियो,बाँस गाउँभरि कता छन् भनेर खोजि हिडिन्थियो रपो दशै आए जस्तो हुन्थ्यो । पिङ खेलिन्थियो आहै चा चा हुइया भन्दै खेलिन्थियो रपो दशै आए जस्तो लाग्थ्यो । बिजया दशमिको दिनमा धर्ती छोड्नुपर्छ भनि सबै पिङ खेल्नको लागि तयारी हुन्थे । अहिले भने सुनसान छाएको छ उहि एकान्तबास जस्तो छ । टीका लगाउन भने देश बिदेशमा हुनुहुने पनि यतिखेर गाउँघरमा आशिर्वाद लिई पर्खिने बेला हुन्थ्यो तर यो बर्ष गाउँघर भित्रीने चहलपहल ठप्प छ । कोरोनाको त्रासले आफ्नो घर जान कति त पाएका पनि छैनन् उहि मन भित्र सान्त्वना लिनु भन्दा अरु केहि छैन एकातर्फ कोरोनाको डर त्रास फैलिरहेको छ । अर्कोतर्फ जहाँ बसेपनि आफु सुरक्षित अरुलाई पनि सतर्कता अपनाउन सिकाउनु पर्ने भएकाले निराश पन छाएको देखिन्छ ।अब त यस्तै सधै महामारी रहि रयो भने हाम्रो परम्परा संस्कृति कतै बिरसिदै त जाने है नौ भन्ने मनमा प्रश्न उठ्न थालेका छ्न् ?तर पनि हामी हिन्दु धर्म सास्तृ हरुले त बिर्सिदैनौ कि भन्ने लागेको नि छ एकातर्फ कोही संस्कृतिमा ध्यान नदिने हुन् कि लागेको छ ,अहिलेको जेनेरेशनमा ध्यान त दिदैनन उल्टै गालि दिन्छन् ,मुर्तिलाई पुजा गरेर के पाउँछौ र भन्ने प्रश्न दिन्छन् । हिन्दुधर्मले जानि जानि कसैलाई श्रराप्दैन ।हिन्दुधर्मले सहि बाटो हिडाउने दिशा तिर लान्छ ति पितृसत्तात्मक देखि हामि हिन्दु धर्मलाई श्रराप्तै आएको सुन्द्छु तर हिन्दु धर्मलाई श्राराप्नु धिक्धार छ धर्ममा गल्ती हुन्छ कि मानिसमा परिवर्तन हुनुर्पर्छ भन्ने प्रश्न आउँछ्न । हामिले हाम्रो रितिरिवाजलाई बिर्सनु हुन्न हामीले आफ्नो चाड ,पर्ब मनाउनुपर्छ ।अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु, जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु, चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु,भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु,
आफु ‘सही छु’ भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु,जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु,
जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु,ग्रीसको अर्थतन्त्र जस्तो “भित्र खोक्रो बाहिर बोक्रो” भएर पनि काम छैन जरै देखी मजबुत हुनु,रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटी जस्तो सानो सोच लिएर कहिल्यै नहिंड्नु,
समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै तपाईंका दुश्मनहरुले घेर्नेछन् तर पनि नडराउनु,आफ्नो इमानमा डटिरहनु,आफ्नो फाइदा हुन्छ भने BBC CNN जस्तो गरि असत्यलाई पनि ‘सत्य’ र सत्यलाई पनि ‘असत्य’ भन्दै नहिड्नु,सधैं ‘अल्जाजिरा टेलिभिजन’ झैँ तटस्थ भएर उभिनु,संयुक्त राष्ट्र संघझैं दादागिरी देखाउन थाले IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन, त्यसैले निर्धाहरुको पनि अस्तित्व स्वीकार्नु,ती आँखा सधैं ‘वीकी लिक्स’ झैं चनाखो राख्नु,त्यसै गरी तपाईंहरुका बोली र बिचारले संसार भर ‘पनामा पेपर्स’ जत्तिकै तहल्का मच्चाउन् विजया दशमीकाे यही छ शुभकामना।दशैको शुभकामना नया तरीकाले आयो। अन्तमा सम्पुर्ण दाजुभाइ ,दिदिबहिनी ,बुवा आमाहरूमा वडा दशै २०७७ सालको सम्पुर्णमा शुभकामना व्यक्त गर्दछु ।
मनिता पौडेल
दशैको उदयमान
तपाईको प्रतिक्रिया
दियो खबर । ९ कार्तिक २०७७, आईतवार १६:४९