अपडेट

कर्णालीमा मंसिर २७ गते नेकपा एकता सन्देश सभा हुँदै

सुर्खेत/ नेपाली कम्युनिष्ट पार्टीले मंसिर २७ गते सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा गर्ने भएको छ। पार्टी गठनपछि देशभर शुरू गरिएको एकता सन्देश सभाको श्रृंखलाअन्तर्गत कर्णाली प्रदेशमा पनि कार्यक्रम तय गरिएको हो।

यसअघि पार्टीले धनगढी, दाङ, पोखरा र जनकपुरमा सभा गरिसकेको छ। सुर्खेतको सभामा पूर्व प्रधानमन्त्री तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।

त्यसैगरी पूर्व गृहमन्त्री वामदेव गौतम, पूर्व गृहमन्त्री डा. भीमबहादुर रावल, पूर्व मन्त्री प्रेमबहादुर सिंह र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरूको समेत सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया