अपडेट

नेपाल आजै सुर्खेत, प्रचण्ड, खनाल, गौतम र रावल भोलि आउँदै

सुर्खेत/ एकता सन्देश सभालाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आजै सुर्खेत आइपुगेका छन्। वाके जिल्लाको नेपालगञ्जमा जिल्ला एकता भेला सम्बोधन गरेर सुर्खेत पुगेका हुन्।

त्यस्तै पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व गृहमन्त्री वामदेव गौतम र पूर्व गृहमन्त्री डा. भिम बहादुर रावललगायत अन्य शीर्ष नेताहरू भने भोलि सुर्खेत आउने पार्टी स्रोतले जनाएको छ।

भोलि सुर्खेतमा आयोजना हुने सभालाई बाम एकता, संगठन पुनर्संरचना र आगामी राजनीतिक मार्गचित्रबारे महत्त्वपूर्ण सन्देश दिने मञ्चका रूपमा लिइएको छ। शीर्ष नेताहरूको संयुक्त उपस्थितिलाई कर्णाली तथा देशभरका कार्यकर्ताले बाम शक्तिको साझाप्रदर्शनका रुपमा हेरिरहेका छन्।

सभास्थलमा सुरक्षा व्यवस्थासहित तयारी तीव्र बन्दै गएको आयोजकले जनाएको छ। नेता आगमनको क्रमसँगै सुर्खेतको राजनीतिक वातावरण अझै चहलपहलपूर्ण र उत्साहित बनेको छ।

तपाईको प्रतिक्रिया