अपडेट

प्रचण्ड र माधव नेपालद्वारा ‘जनयुद्धको यात्रा’ पुस्तक विमोचन

सुर्खेत/नेपाली कम्यूनिष्ट पार्टीका यूवा नेता एवं महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह ‘भिजन’द्वारा लिखित ‘जनयुद्धको यात्रा’ पुस्तकको विमोचन गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पुस्तक संयुक्त रूपमा विमोचन गर्नुभएको हो।

वीरेन्द्रनगर, सुर्खेतमा मंसिर २८ गते २०८२ मा आयोजित विमोचन कार्यक्रममा नेताहरू, जनप्रतिनिधि, बुद्धिजीवी तथा राजनीतिक कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले पुस्तकले जनयुद्धकालीन संघर्ष, त्याग र राजनीतिक परिवर्तनको यात्रालाई अभिलेखमा सुरक्षित गरेको बताउनुभयो। उहाँले यस्तो कृतिले नयाँ पुस्तालाई इतिहास बुझ्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो।

सह–संयोजक माधव कुमार नेपालले ‘जनयुद्धको यात्रा’ राजनीतिक चेतना र बहसलाई समृद्ध बनाउने महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्दै लेखकलाई बधाई दिनुभयो।

लेखक खेम बहादुर सिंह ‘भिजन’ले जनयुद्धको कालखण्डमा भोगिएका अनुभव र त्यसबाट आएको परिवर्तनलाई पाठकसमक्ष पुर्‍याउने उद्देश्यले पुस्तक लेखिएको बताउनुभयो।

तपाईको प्रतिक्रिया