अपडेट

पूर्वमन्त्री परियारले गरे अध्यक्ष पद अस्वीकार

सुर्खेत – कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रणसिंह परियारले जनकल्याण आधारभूत विद्यालय (प्रस्तावित माध्यमिक) कल्खेको व्यवस्थापन समितिको अध्यक्ष पद अस्वीकार गरेका छन्।

हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित उक्त विद्यालयको अध्यक्षमा परियार मंसिर २१ गते सर्वसम्मत रूपमा चयन भएका थिए। तर पद पाएको दुई दिनमै उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले अध्यक्षतामा निरन्तरता दिन नसक्ने घोषणा गरे।

परियारका अनुसार विद्यालयको शैक्षिक विकासका लागि पर्याप्त समय र जिम्मेवारी आवश्यक पर्छ, तर आफ्ना कार्य–दायित्वका कारण उक्त भूमिका सम्हाल्न कठिन हुने भएको छ। त्यसैले उनले २०८२ मंसिर २२ गते बसेको भर्चुअल बैठकमै पद सम्हाल्न नसक्ने प्रस्ताव समितिमा पेस गरिसकेको उल्लेख गरेका छन्।

उनले केही मिडियामा आफूविरुद्ध ‘अनर्गल प्रचार–प्रसार’ भइरहेको भन्दै यसबारे समुदाय र अभिभावकलाई सचेत रहन पनि अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया