बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवारमा शाही सिफारिस

काठमाडौ / नेकपा एकीकृत समाजवादी बाजुराले युवा संघ नेपालका अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
जिल्ला कमिटीको विस्तारित बैठकले शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो । बैठकले बाजुराको प्रदेशसभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज हिक्मत बहादुर शाही, जिल्ला सचिव पुर बहादुर रावत र युवासंघ नेपालका उपमहासचिव धर्मबहादुर शाहीलाई सिफारिस गरेको छ ।
यसैगरी प्रदेश (ख) का लागि जिल्ला अध्यक्ष गगन रावल र मन्देवी साउद खड्कालाई सिफारिस गरिएको सचिवालय सदस्य धर्म शाहीले जानकारी दिए ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ काशी नेपाली, दावा गुरुङ भोटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरिएको छ । यसैगरी प्रदेश समानुपातिकतर्फ अमृता रावल बोहोरा र सतल कामी विकलाई सिफारिस गरिएको शाहीले बताए

 

तपाईको प्रतिक्रिया