जन माविबाट २ लाख ७६ हजार रूपैयाँ अख्तियारको नियन्त्रणमा

सुर्खेत / विद्यार्थी भर्नाको क्रममा बीना रसिद शुल्क लिएको आरोपमा अख्तियारको टोलीले नगद रकमसहित कागजात नियन्त्रणमा लिएको छ ।
बुधबार कक्षा ११ को भर्नाको क्रममा रसिद बीनै रकम संकलन गरेको आरोपमा वीरेन्द्रनगरमा रहेको जन नमूना माध्यमिक विद्यालयबाट नगद रकमसहित कागजात नियन्त्रणमा लिएको हो ।
कर्णाली प्रदेशकै उत्कृष्ट शिक्षा दिने विद्यालयको नाममा परिचित रहेको जन माविबाट नगद दुई लाख ७६ हजार छ सय ९० रुपैयाँ नगद र आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतकाअनुसार विद्यालयका दुई जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ भने उनिहरुको नाम खुलाएको छैन् ।
अख्तियारका सूचना अधिकारी उप–सचिव भेषराज रिजालले उक्त कर्मचारीहरुले विद्यार्थीबाट रसिद बीनै शुल्क लिएको विषेश सूचनाका आधारमा नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया