दिदी तिमीले आमाको दुध छोडेकै साल हो
म तिम्रो भाई भएको
बा ले तिमी धर्तिमा आएकै दिन
आमालाई तरेका ठुला आँखाहरुको
परिणाम हुँ म
तिमी अगेनामा आमाको प्रसव पिडामा
विलीन भएकै बेला
म च्याँ च्चाँ कराए पछि तिमी धैर्यताको बाँध नागेर
गाँउभरी म आएको महावाणी चलाएकी थियौ रे
सिगान पुछेर रंगीन बनेको कालो बाउला भएको
भोटी लाएर तिम्रो हात समाई
पारी घर ,तल्ला घर गर्दै थाकेपछी तिम्रो
पिठ्युको ओछ्यानमा खुब सुतेको छु दिदी
दिदी तिमी मेरै कारणले बा को प्यारों
कहील्यै भईनौ
स्कुल नाममात्रको भयो तिम्रो लागि
तिमीले आफ्नो सट्टा पनि मलाई नै भनेर
हरेक दिन कापी क़लम बचाई राख्यौ
तिमी कति लाचार भएकी दिदी
स्कुल जान मन हुदाँ हुँदै पनि
दिदी मेरो मानसपटलमा अझै ताज़ै छ
म झोला बोक्दा तिमीले डोको बोकेको
बेला बेला तिम्रो मायाले फुर्रिएर
तिम्रो दाईं भई रहन्थे म
दिदी तिमी पराईको भए पछी बल्ल
म तिम्रो ईमान्दार भाई भएको हुँ
दिदी तिमी डोली चढ्दा कति सहनशिल बनेकी
तिम्रा ऑखामा आशु छछल्किदा पनि
पोखिन नदीई मेरै ऑखाका
ऑशु पुछेर गयौ
दिदी आउन फेरी एक चोटी तिम्रो प्यारों आँगनमा
फेरी फर्कीलौ ति प्यारा दिनहरुमा
जहाँ तिमी मेरो हात समाएर ताँते ताँते गरौली
म भागी भागी तिमीलाई सताईरहुला,,प्यारी दिदी ।
नवीन काफ्ले अभि
बिरेन्द्रनगर ९ सुर्खेत
कविता -दिदि
तपाईको प्रतिक्रिया
दियो खबर । ८ कार्तिक २०७७, शनिबार १७:०९