महावै जोडिय‍ो राष्ट्रिय प्रसारण लाईनमा

सुर्खेत /कालिकोट जिल्ला महावै गाउँपालिकाे केन्द्र पादमघाटमा राष्ट्रिय प्रसारण लाईनकाे बत्ति बलेकाे छ ।
कर्णाली राजमार्ग मा पुगेकाे लाईन गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन)काे पहलमा पाेल र लाईन बिस्तार गरि शनिबार पादमघाटमा बत्ति  बाल्न सफल भएका हुन्।
स्थानीय उत्पादन काे भ्याकुने गाड लघु जल बिद्युतकाे बत्ति संचालन भईरहेकाे भएपनि राष्ट्रिय प्रसारण लाईन बिस्तारै महावै गाउँपालिकाका १ देखि७ वटा वडा सम्म विस्तार गर्ने अध्यक्ष सिंहले बताए ।
राष्ट्रिय प्रसारणकाे लाईन पादमघाटमा पुग्दा अब बिद्युतिय माध्यम मार्फत हुने कामहरू गाउँ पालिका केन्द्रबाटै सेवा दिन सकिने नि.प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले बताए ।

तपाईको प्रतिक्रिया