जापान /नेपाल फेस्टिबल २०२२ सम्पन्न भएको छ।नेपाल फेस्टिबल कार्यक्रमका संयोजक अर्जुन थापाको सभा अध्यक्षता र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड ) को प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।उक्त कार्यक्रममा जापानका लागि नेपाली राजदूतका प्रतिनिधि ,एन आर एन का पदाधिकारी र नेपाली र जापानीहरुको उपस्थिति रहेको थियो ।नेपाली कला संस्कृति, भाषा लाई जापानी समुदायमा पहिचान गराउने उदेश्यले नेपाल फेस्टिबल जापानका विभिन्न ठाउँहरुमा प्रत्येक बर्ष मनाउँदै आएको एन आर एन का सचिव देवराज उप्रेतीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रचण्डले भन्ने जापानको शिक्षा,सीप,श्रम गरेको पैसाले नेपालको आर्थिक हिसाबले विकास हुने बताए ।यहाँ सिकेको सीप ज्ञानलाई नेपालमा प्रयोग गर्न समेत आग्रह गरेका छन् ।फेस्टिबल कार्यक्रमले नेपाल र जापान देशबीचको सम्बन्धमा विशेष सहयोग पुग्ने बताए । उनले नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको पनि बताए ।इतिहासमै पहिलो पटक प्रधानमन्त्री बाट नेपाल फेस्टिबल कार्यक्रमको उद्घाटन समेत भएको थियो ।जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्याक्सन भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो । त्योचाहिँ पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानको लागि त यो विरलै हुने घटना हो । यसको विश्वव्यापी पनि इम्प्याक्ट परेको छ । म उहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना छ ।’
नेपाल फेस्टिबल२०२२को कार्यक्रम सम्पन्न भएको हो ।
दियो खबर । २१ श्रावण २०७९, शनिबार १८:१९