जापान/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) जापान आइपुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्त लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले स्वागत गरेका छन् ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् ।
प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन । साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ । हाल प्रचण्ड टोक्योबाट फुकुओका फेष्टिबल उद्घाटनका लागी फुकुओका प्रस्थान गर्नु भएको छ ।
नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड लाई स्वागत
तपाईको प्रतिक्रिया

दियो खबर । २१ श्रावण २०७९, शनिबार ०९:१७