अखिलका पुर्व अध्यक्ष तामाङ एमाले अध्यक्ष ओलीसँग चुनाव लड्ने घोषणा

काठमाडौ /नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व अखिल   क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीका विरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् ।
पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए चुनाव लड्ने बताए । ‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ’ तामाङले भने, ‘गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ माओवादी भागमा परेमा म केपी कमरेड विरुद्ध उठ्छु । चुनाव जितेरै देखाउँछु ।’ गठबन्धनबाट आफूले टिकट पाउँने भएकाले ओली संगै चुनाव लडिने तामाङको भनाई छ ।
२०७४ सालको चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए । ओलीका प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए ।  ओलीले माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । काँग्रेसका अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५१४ मत रहेकोमा ९३ हजार ४८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया