अपडेट

मंसिरमै प्रदेश र संघको चुनाव गर्ने सरकारकाे निर्णय

काठमाडाैं/ सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हाे।
निर्वाचन आयोगले एक महिना अघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिका सहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो।
मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

तपाईको प्रतिक्रिया