कर्णाली / वर्षापछिको पहिरोले कर्णाली राजमार्ग अन्तर्गतको कालीकोट सडकखण्ड अवरुद्ध बनाएको छ । बुधबारदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि आवत-जावत गर्ने सवारीहरु रोकिएका छन् । खाँडचक्र नगरपालिका २ सुनार खोलामा पहिरो गएपछि सवारी साधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
केही समयपछि समस्याको समाधान हुने प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग अन्तर्गतका सडकखण्डहरु धेरै ठाउँमा अवरुद्ध भएका छ ।
दियो खबर । १९ श्रावण २०७९, बिहीबार ११:५६