अपडेट

नेकपा एमालेका नेता भट्टराई जापान

जापान /प्रवासी नेपाली मञ्च जापान,कान्तोको ५ औं अधिवेशन र अन्य कार्यक्रमहरूको शिलशिलामा नेपाल एयर लाईन्सको जहाँजबाट जापान आउनु भएका नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका प्रमुख सचेतक मा. विशाल भट्टराई जापान आइपुग्नु भएको छ।
उहाँलाई बिमनस्थलमा प्रवासी नेपाली मन्च जापानका संगठन  बिभाग प्रमूख कुलचन्द्र खरेल, साथै प्रवासी नेपाली मन्चका सम्वन्य बिभाग प्रमुख अर्जुन अधिकारी ,कान्तो कमिटी अध्यक्ष बुद्धिराज घिमिरे ,सचिव मनोज श्रेष्ठ, सदस्यहरु बासुदेव पन्त,संजिव गिरी, कृष्ण थापा ,मोति राम भण्डारी सहितले स्वागत गर्नु भएको थियो। ओएनएफ कान्तो कमिटिले यहि ७ तारिक कामाता हलमा पांचौ अधिवेसन आवागन गरेको छ।विभिन्न राजनितीक भेट्घाट कार्यक्रम रहेको सचिव मनोज श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया