सुर्खेत /कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा सोमबार देखि राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्यासुरु गरीएको छ। तिलागुफा नगरपालिका–३ फोहिमहादेव र –४ राँचुलीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार कामसुरु गरिएको हो।
जिल्लाको नौवटै स्थानीय तहमा विद्युत्तको राष्ट्रिय प्रसारण लाइन जडान नभएको बेला तिलागुफा नगरपालिकाका उप-मेयर महेन्द्र बहादुर शाहीले नगरपालिका सबै वडाहरुमा राष्ट्रिय प्रसारण लाइन जडान कार्यासुरु गरेका छन्।
वर्षौँ देखिको अँध्यारोमा रहेका नागरिकलाई उज्यालो युग तर्फ लैजान र चुनावका लेबा गरेका घोषणा कार्यान्वयन र्गन आफुले सबै वडाहरुमा राष्ट्रिय प्रसारण लाइन जडान गरेको उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए। उनले भने ‘अहिले दुईवटा वडाबाट सुरुवात गरेका छौं बिस्तारै जुबिथा,खल्ला, र छाप्रेमा पनि लाईन तान्ने कामसुरु गरिने छ।’ उनका अनुसार केही वडामा पोल र तार तान्ने काम भएको र वर्षातले गर्दा समस्या भएको छ ।’
नेपाल विद्युत प्राधिकरण कालिकोटका निमित्त प्रमुख प्रकाश शाहीले कालिकोट जिल्ला भरीमा यो आर्थिक वर्ष भित्र बत्ति बाली सक्ने लक्ष्य राखेको बताए। उनले वर्षा याममा रुख ढ्ल्ने र पहिरो कारण लाइन बिस्तार नभएको बताए । जिल्लामा अझै आधाभन्दा बढी नागरिक विद्युत्तको उज्यालोबाट वञ्चित छ ।
चुनावमा गरेका घोषणा कार्यान्वयन गर्दै उप-मेयर शाही
तपाईको प्रतिक्रिया
दियो खबर । १७ श्रावण २०७९, मंगलवार १९:४६