जनता ठगीमा नपरुन्ः पूर्व प्रधानमन्त्री नेपाल

रौतहट / पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताए ।

रौतहटका विभिन्न नगरपालिकाहरुमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरुको शिलान्यासका क्रममा रौतहट पुगेका नेपालले गौरमा आयोजित समारोहमा सो धारणा राखेका हुन्। सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरु समयमै सकिने धारण राखेका थिए ।

सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक विकास कार्यक्रम अनुसार विनियोजित सहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका –२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानसम्मका योजनाहरु रहेका छन्।

गौरमा बन्ने सभाहलको अनुमानित लागत २० करोड रहेको छ । ५०० सिट क्षमताको सभा हल करिब ६ कट क्षेत्रफलमा बन्ने छ । वातानुकुलित, अपाङ्मैत्री, भूकम्प प्रतिरोधी, आपतकालीन द्वारहरु, वाटर फाउन्टेन सहित सुन्दर पार्क समेत रहने छ भने २४ महिना भित्र निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ ।

त्यसैगरि गौर नपा–४ टिकुलिया मठदेखि तटबन्धसम्म र ट्रान्फर्मर चोकदेखि मुडवलवासम्म सडक कालो पत्रे तथा सडक ढलान गर्न १२ करोड, रामजानकी विवाह मण्डप निर्माणका लागि करिब ८ करोडका योजना रहेका छन्भने राजदेवी नगरपालिका १ देखि ९ सम्मका विभिन्न स्थानका सडक कालोपत्रे तथा ढलानका लागि ५ करोड छुटइएको छ । शिलान्यास समारोहमा संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड, संघीय सांसद सरला यादव, मधेष प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरुको विशेष उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया