अपडेट

प्रेस सेन्टरमा १९ जना उपाध्यक्ष २७ जना सचिव

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालमा पदाधिकारीको टुंगो लागेको छ । उक्त संगठनको १४ औं महाधिवेशन भएको आठ महिनापछि पदाधिकारीको टुंगो लागेको हो ।

प्रेस संगठनको शुक्रबारदेखि  जारी केन्द्रीय समितिको पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको छ ।  जसमा २१ जना उपाध्यक्ष र २७ जना सचिव चयन भएका छन् । बैठकले १० जना उपमहासचिव चयन गरेको छ ।
तपाईको प्रतिक्रिया