नेपाल फेस्टीबल फुकुओकाको तयारी अन्तिम अवस्थामा

जापान /नेपाल र जापानको कला संस्कृतिको आदानप्रदान सहित जापानी नागरीकहरुमा नेपाल र नेपाली हरुको पहिचान चिनाउने उद्देश्यले २०११ देखि विभिन्न नामले नेपालको नयाँ वर्षको अवसरमा सञ्चालन गरीदै आएको नेपाल फेस्टीबल विगत २ वर्ष देखि विश्वभरिनै विकराल रुपमा फैलिएको कोराना भाइरसका कारणले संचालन हुन सकेको थिएन ।
यस वर्ष पनि अप्रीलमा गर्ने गरी तयारी थालिएको फेस्टीबल अन्तीम चरणमा बढेको कोरनाका कारण स्थगीत गरीएको थियो । जापानको क्युस्युमा रहेको गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कमिटि क्युस्युको संयोजकत्व र फुकुओका नेपाल सोसाइटी, जनजाती महासंघ क्षेत्रीय समिति क्युस्यु र हाम्रो नेपाल हामी नेपाली अभियानको उप–संयोजकत्वमा क्युस्युमा रहेका विभीन्न संघ संस्था, फुटबल क्लब र अन्य विभीन्न व्यक्तित्वहरु सह–आयोजक रहने गरी निमार्ण गरीएको फेस्टीबल मुल आयोजक समितिले तयारी अन्तीम चरणमा पुर्‍याएको कुरा फेस्टीबल मुल आयोजक समिति संयोजक तथा एनआरएनए क्युस्युका संयोजक अर्जुन बगालेले बताउनु भयो ।
विगतका वर्षहरुमा झै यसपाली पनि जापानको सराकारी तथा गैर सरकारी निकायबाट पनि विभीन्न सहयोग आइरहेको जानकारी पनि दिनुभयो। साथै अन्य वर्षहरुमा भन्दा यसपालि कोरनाको महामारी अझै पनि नसकीएको कारणले गर्दा नेपाली र जापानीज स्वयसेवकहरु पनि वृहतरुपमा परिचालन गर्ने योजना रहेको जनाउनुभयो ।
कार्यक्रममा नेपाल र नेपाली पन जापानीज नागरीकलाई चिनाउने खालका विभीन्न सास्कृतिक कार्यक्रममा जापानमा रही नेपाली कला संस्कृतिलाई प्रर्वद्धन गर्दै आइरहनु भएका विभीन्न नेपाली कलाकारहरु सहित जापानीज नागरीकहरुको पनि प्रस्तुति पनि रहने कुरा बताउनु भयो ।
साथै जापानको क्युस्युमा रहनु भएका सम्पुर्णमा आफु सहित सके सम्म धेरै जापानीज साथीहरुलाई पनि फेस्टीबलमा उपस्थीत गराइ नेपाल र जापानी समुदायको सम्बन्ध अझै प्रगाढ बनाउदै नेपालको पर्यटनमा पनि टेवा पुर्‍याउन सहयोग गर्न उद्देश्य रहेकोले कार्यक्रमलाई भव्य र सव्यरुपमा सफल पार्नका लागी संघ सस्था तथा व्यक्तिहरुले पनि सकेको सहयोग गर्न पनि अपिल गरीएको जानकारी दिनु भयो । साथै कोरना भाइरस अझै पनि निर्मुल नभै सकेकोले गर्दा समाधानका उपायहरु अपनाई रमाइलो गरीदिनुहुन पनि अपील गर्नुभयो ।

तपाईको प्रतिक्रिया