कालिकोट । सिटिइभिटी केन्द्रिय कमिटी अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सचिवालय कमिटी सदस्य मानसिंह धामीको प्रमुख आथित्यता र अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य हिक्मत जंग मल्ल ज्यू को विशेष आथित्यतामा अनेरास्ववियु सिटिइभिटी कालिकोट जिल्ला कमिटी गठन गरिएको छ। नौ सदस्यीय कमिटी रहने निर्णय गरिएको छ। जसमा अध्यक्ष -सुरेश शाही ,उपाध्यक्ष – विम प्रसाद आचार्य , सचिव- रिजन बम, कोषाध्यक्ष – यमुना शाही र सहसचिव – सुनिता बम लगायत अन्य सदस्य रहेका छन् । प्राविधिक शिक्षामा रहेका विद्यमान समस्यालाई उठान गरी कालिकोट जिल्लामा प्राविधिक शिक्षालाई अझ गुणस्तरीय बनाउनका र प्राविधिक शिक्षामा हुने लापरबाहीले नियन्त्रण गर्न ,सजक सचेत , सम्बन्धित निकायलाई झकझकाउन र चर्को शुल्क असुल्ने संस्थाका विरुद्ध आवाज उठाउन तथा विद्यार्थीहरुका माग र आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउनका लागि यस कमिटीको गठन गरिएको हो। मानसिंह धामी र हिक्मत जंग मल्लको पहलमा सिटिइभिटी अन्तरगत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरी सक्रियता र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिएको छ। विगतमा कालिकोट जिल्लामा प्राविधिक संकाय अध्ययन हुने संस्थाहरु शून्य बराबर थिए। तर समुदायिक विद्यालयमा प्राविधिक शिक्षाको नीतिले अहिले कालिकोट जिल्लामा पनि प्राविधिक विषय अध्ययन हुने गरेका छन्। कालीकोटमा कृषि , इन्जिियरिङ्ग , आई . टी , र अन्य संकाय पनि अध्ययन हुने भएका छन्। यसले कालिकोट जिल्लाका विद्यार्थीलाई केन्द्रिय राजधानी काठमाडौं जानु पर्ने बाध्यात्मक परिस्थिति हटेको छ। तर सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालय खोलेर मात्र हुने होइन यसलाई व्यवस्थापन गर्नु पनि अर्को चुनौती हो। कालीकोटमा रहेका प्राविधिक शिक्षा पढाई हुने विद्यालयमा व्यवस्थापन गर्न नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । उनीहरूको भविष्य माथि खेलबाड गर्ने काम गरिएको छ। प्राविधिक शिक्षामा प्रयोगात्मक कक्षा बढी गर्नु उपयुक्त हुन्छ। तर सामुदायिक विद्यालयमा यसको एक प्रतिशत पनि कार्यान्वयन हुन सकेको छैन। विद्यार्थीहरुका माग सम्बोधन हुन सकेका छैनन । तीन वर्षीय कोर्सलाई पाँच वर्ष पढाएर विद्यार्थीको समय खेर फाल्ने काम गरी रहेको छ। यस विषयमा पनि प्रमुख अतिथिको ध्यानाकर्षण गराइएको छ। उहाँले यस विषयमा गम्भीर भएर सिटिइभिटी मा यस विषयमा छलफल गर्ने उहाँले सम्बोधन गर्नु भएको छ। प्राविधिक शिक्षामा हुने अनियमितता , विद्यार्थीहरुका माग, समयमा प्रयोगात्मक सामग्री र पाठ्यपुस्तकको उपलब्धतामा जोड दिन यस कमिटीको प्रमुख सक्रियता हुनेछ भनेर मल्लले बताए । उक्त कार्यक्रम समारोहका बीच पञ्चदेव माध्यमिक विद्यालय प्राविधिक संकायका कोडिनेटर जनेश शाहीको पनि उपस्थिति थियो । उहाँले यस विषयमा आफ्नो पनि साथ रहने जनाउनु भएको छ। अब नयाँ शैछकि सत्रमा आउने विद्यार्थीले छात्रवृत्तिको पनि सुनिश्चितता गर्ने पनि बताउनु भएको छ। साथै प्रमुख अतिथि दावर कार्यक्रम समापन गरी सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नु भएको छ।
अनेरास्ववियु सिटिइभिटी जिल्ला कमिटी गठन अध्यक्षमा शाही
तपाईको प्रतिक्रिया
दियो खबर । १३ श्रावण २०७९, शुक्रबार १५:५८