कालिकोट /राष्ट्रिय भूमि आयोग जिल्ला समिति कालिकोटको बैठक बुधबार आयोगको कार्यालय मान्ममा सम्पन्न भएको छ ।
जिल्ला समिति कालिकोटका अध्यक्ष चित्र बहादुर सिंह(गाउँले)को अध्यक्षतामा सम्पन्न बैठकले तत्कालै आयोग र जिल्लाका स्थानीय तहहरु बिच कार्य समझदारी गराउदै आयोगका कामकाजमा तिब्रता दिने निर्णय गरेको छ ।
जिल्ला समितिका सदस्य र पदेन सदस्यहरु सम्पूर्णको उपस्थितिमा सम्पन्न बैठकले स्थानीय वडा तहसम्मपनि सहजिकरण समिति गठन गर्ने र त्यसअघि जिल्ला स्थित राजनीतिक दलहरुसँग अन्तरक्रिया सम्पन्न गर्ने निर्णय गरेको विज्ञ सदस्य मिमबहादुर कार्कीले जानकारी गराउनु भयो । आयोगको जिल्ला समितिले जिल्ला समिति कार्यालयलाई व्यबस्थित गर्दै निरन्तर सञ्चालन गर्दै आएको छ ।
भूमि आयोग कालिकोटको बैठक सम्पन्न
तपाईको प्रतिक्रिया
दियो खबर । ११ श्रावण २०७९, बुधबार १७:०८