हुरेन्डेक नेपालको बार्षिक प्रगति समिक्षा गोष्ठी शुरु

हस्त चौलागाँई/कालिकोट जिल्लामा  २०५३ सालमा स्थापना भएको स्थानीय गैर सरकारी संस्था मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको बार्षिक समिक्षा गोष्ठी मंलवार शुरु भएको छ । पुर्वाधार निर्माणका योजना देखि सामाजिक कार्यमा वहस पैरवी गरि सक्रिय भुमिका खेल्दै आएको हुरेन्डेक–नेपाल,कालिकोटको बार्षिक प्रगति समिक्षामा विशेष बहस र छलफल समेत गरिएको छ ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा बार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गरिएको छ । विभिन्न दातृ निकायसंगको समन्वय तथा आर्थिक सहयोगमा हुरेन्डेक नेपाल कालिकोटबाट संचालित विभिन्न कार्यक्रमहरुको समिक्षा गरिने हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलिप कुमार शाहीले बताए ।
विभिन्न कार्यक्रमका संयोजक,लेखा संयोजक तथा अन्य कर्मचारी र उपस्थित सवैलाई कोषाध्यक्ष शाहीले स्वागत मन्तब्य राख्दै हुरेन्डेक नेपाल कालिकोटले विभिन्न क्षेत्रमा काम गदै आएको र आगामी दिनमा अझै अगाडी बढाउनुमा सवैको भुमिका र कर्तव्य रहेकाले सवैले जिम्मेवारी नभुलेर लाग्न आग्रह गरे ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक ) नेपाल कालिकोटले कालिकोट जिल्लाका स्थानीय तहमा विगत लामो समय देखि काम गदै आएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला,सुदुरपश्चिम प्रदेशका सवै जिल्ला र लुम्बीनी प्रदेशका केही जिल्लामा विकासी योजनाका काम गरिरहेको हुरेन्डेक नेपालका कार्यक्रम निर्देशक भरतमणी सुवेदीले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रम अन्र्तगत(क्याप्स कर्णाली) परियोजनाले कालिकोटका पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा जलवायु परिवर्तन,जिविको पार्जन सुधार,सिचाई,जलविद्युत,पुर्वाधारका क्षेत्रमा काम गदै आएको कार्यक्रम संयोजक नरेन्द्र शाहीले बताए ।
मर्सिकोर अन्र्तगत भकारी कार्यक्रमले कालिकोटका महावै गाउँपालिका,तिलागुफा नगरपालिका,खाँडाचक्र नगरपालिका,शुभकालिका गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा विपतको क्षेत्र,कृषि क्षेत्र,आपत कालिन राहत तथा उद्धार,सिचाई तथा खानेपानीको क्षेत्रमा काम गदै आएको मर्सिकोर नेपालका जिल्ला संयोजक शुक्रराज पौडेले जानकारी दिए ।
टिडिएच विएम जेड जर्मनी अन्र्तगत शुलभ परियोजनाले कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ३,५,६ मा जैविक विविधता,वातावरण संरक्षण,कृषिका क्षेत्रमा काम गदै आएको शुलभ परियोजनाका जिल्ला संयोजक गोपालसिंह कार्कीले बताए ।
रेडपान्डा नेटवर्क अन्र्तगत पश्चीम नेपालमा समुदायमा आधारीत रेडपान्डा संरक्षण कार्यक्रमले कालिकोटका महावै गाउँपालिका,तिलागुफा नगरपालिका,शुभकालिका गाउँपालिकामा रेडपान्डा संरक्षण तथा वातावरण संरक्षणका क्षेत्रमा काम गदै आएको कार्यक्रम संयोजक दिनेश घले ले बताएका छन् ।
हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल अन्र्तगत एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका,रास्कोट नगरपालिका,नरहरीनाथ गाउँपालिका,शुभकालिका गाउँपालिकामा खानेपानी तथा सरफाईका क्षेत्रमा काम गदै आएको कार्यक्रम संयोजक नरेश दर्जिले बताए ।
प्लान इन्टरनेशनल नेपाल अन्र्तगत छिटो विवाह ,वाल विवाह,जवरजस्ती विवाह न्युनिकरण परियोजना र नेतृत्व र निर्णय कार्यक्रमले कालिकोटका रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बाल विवाह,छिटो विवाह तथा जवरजस्ती विवाह न्युनिकरण,बालवालिका , किशोरकिशोरी,महिलाको क्षेत्र र विद्यालय बाहिर रहेका वालवालिकाहरुलाई विद्यालय जान प्रेरित गर्ने जस्ता काम गरिरहेको कार्यक्रम अधिकृत डम्बर बोहोराले बताए ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपालका अध्यक्ष जजराज शाहीका अनुसार कर्णाली प्रदेश भौतिक विकास मन्त्रालय अन्र्तगत कर्णाली प्रदेश का १० वटै जिल्लामा झोलुङगे पुलका क्षेत्रमा काम गदै आएको बताउदै विभिन्न जिल्लाहरुमा राहत तथा उद्धारका काम गरेको शाहीले बताउनुभयो । विभिन्न कार्यक्रममा रहेका कर्मचारीहरुले महत्वपुर्ण भुमिका खेलेको बताउदै कार्यक्रम सफल पार्न सवैले अझै सकरात्मक र सामाजिक सेवाको रुपमा लाग्न कर्मचारीहरुलाई अनुरोध गरे ।
हाल सम्म कालिकोट जिल्लामा संचालित विभिन्न कार्यक्रमहरुले यस जिल्लामा सन्तोषजनक कार्य गरेको हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले बताए । बुढाका अनुसार कालिकोटमा विभिन्न दातृ निकायको सहयोगमा संचालित परियोजनाबाट स्थानीय नागरिकहरुले अपेक्षा गरेको भन्दा बढि विकास र परिवर्तन भएको पनी बताएका छन् । हुरेन्डेक नेपाल कालिकोटले हाल सम्म गरेका विभिन्न कामहरुको समिक्षा गदै आगामी दिनमा गरिने कामहरुको बारेमा विशेष छलफल समेत गरिनेछ । कार्यक्रममा विभिन्न परियोजनाका कर्मचारीहरु,बोड सदस्य खडानन्द अधिकारी लगाएत अन्य बोर्ड सदस्य तथा पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया