एसईईको नतिजा बुधबार सार्वजनिक हुने

काठमाडौं /गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन ११ गते हुने भएको छ ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “रुजुको काम भइरहेको छ । साउन ११ गते नतिजा सार्वजनिक गर्छाैँ ।”
डाटा इन्ट्रीको काम सम्पन्न भइसकेको छ । यतिबेला रुजुको काम धमाधम भइरहेको छ । रुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ । उनीहरु विहानदेखि साँझसम्म रुजुको काममा खटिँदै आएका छन् ।
सकभर त्रुटिरहीत नतिजा बनाउने प्रयासमा रहेको बताउँदै उनले भने, “अझै तीन दिनसम्म रुजुको काममा व्यस्त रहनेछौँ । त्यसपछि पनि त्रुटि पत्ता लगाउने काम गर्नेछौँ ।”
२०७८ सालको एसईई गत वैशाख २० गते सकिएको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।

तपाईको प्रतिक्रिया