हेटौंडा / नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना शुरु भएको छ ।हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मत गणना शुरु भएको हो ।
अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन इत्तर पक्षबाट उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएका छन् । संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् ।
संस्थापन इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका लम्सालले ३ सय १६ मत प्राप्त गरेका छन् । लम्साल ४५ मतले अघि छन् ।

दियो खबर । ८ श्रावण २०७९, आईतवार ११:१९