नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावाक्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना

जापान /नेपाली राजनितीका शिखर पुरूष ,नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री ,युग पुरुष बिशेश्वर प्रसाद कोईराला ४० औँ बि पि स्मृति दिवस अवसरमा कार्यक्रम आयोजना गरी नेपाली जनसम्पर्क समिती क्युस्यु ओकिनावा क्षेत्रीय कार्यसमिती जापानको कार्यलय स्थापना भएको छ। कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिती क्युस्यु ओकिनावा क्षेत्रीय कार्यसमिती जापानका सभापती मोहन सिंह मडैले गर्नुभएको थियो भने प्रमुख अथिति संस्थापक सभापती किरण वर्मा विशिष्ट अथिती केन्द्रीय सदस्य शिशिर ज्ञावाली लगायत कार्यसमिती अन्या नेपाली कांग्रेस प्रति आस्थावान महानुभावहरु को विशेष उपस्थितीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सञ्चालन संस्थाका सचिव उपेन्द्र भटराईले गर्नुभएको जानकारी हामीलाई उप-सभापति सुरज महतले बताउनु भयो ।
विभिन्न देशहरुबाट दिनप्रति दिन बिधार्थीहरु को आगमन बढिरहेको छ। यसमा पनी नेपाली बिद्यार्थीहरुको समस्याहरु बढिरहेको हुदा काम खोज्न , ब्याङ्क खाता खोल्न अगायत अन्य सहयोग को लागि कार्यसमिति बाट निरन्तर रूपमा सहयोग भइरहेको छ। अबवाट कार्यलय (福岡県福岡市東区和白1-3-22 )बाट सेवा सञ्चालन गर्ने जानकारी संस्थाका उपसभापती रिपुहरी सापकोटाले बताउनु भयो । जन सम्पर्क समिति क्युशु ओकिनीवा क्षेत्रीय कार्यसमितिको रिक्त रहेको प्रवक्ता र सहस्यामा मनोनित गरीएको छ
प्रबक्तामा पुरन बजगाई,सदस्याहरु लक्ष्मण सिंह महरा,अच्युत गौतम,विशाल भुसाल,ईन्द्र प्रसाद ढकाल,कुश्माखर बजगाई मनोनित गरिएको छ। नेपाली जनसम्पर्क समिती क्षेत्रीय कार्यसमितीको कार्यलय पहिलो स्थापना भएको छ। आज कुनै पनी देसमा क्षेत्रीय कार्यालय स्थापना भएको छैन यो पहिलो हो ।

तपाईको प्रतिक्रिया