देशव्यापी ‘बुह्रान’ कै चर्चा : कृति विमोचन हुनै बाँकी

कालिकोट /साहित्यकार महानन्द ढकालले आफनो छैठौं साहित्यिक कृतिका रुपमा बुह्रान उपन्यास बजारमा ल्याउनै लाग्दा बजारमा बिभिन्न चर्चा परिचर्चा हुन थालेका छन । थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने बुह्रान उपन्यासको आवरण साङ्ग्रिला बुकले सार्वजानिक गरेसंगै बुह्रान उपन्यासको बजारमा चर्चा हुन थालेको हो ।बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याउने भएको छ ।
तीन दशक लामो समयदेखि साहित्य साधानामा क्रियाशील ढकालले पछिल्लो पटक तराई क्षेत्र विशेषगरी बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पछाडि पारिएका गरिव थारू तथा पहाडी समुदायको अन्तर सम्बन्धलाई विषयवस्तु बनाइएको बुह्रान उपन्यास ल्याउन थालेको चर्चा गरिन थालेको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको दस वर्ष नेतृत्व गरेका ढकाल परिचित तथा अब्बल साहित्यकार मानिनन्छन् । वरिष्ठहरूलाई सम्मान र नव सर्जकहरूलाई उत्प्रेरित गर्दै आएका ढकालका अधिकाशं रचनाहरू राष्ट्रिय भावनाले ओत प्रोत छन । ढकालको पछिल्लो कृति उपन्यासको विषयवस्तु र परिवेशले धेरैको मनमा जिज्ञासा उत्पन्न भएको छ । गैर थारूले थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने बुह्रानको विषयवस्तु जोडिएको चर्चाले पनि धेरैको नजरमा यो उपन्यास परेको अड्कल काटन सकिन्छ ।

उपन्यासकार ढकालका अनुसार बुह्रान उपन्यास जातीय समानता र सहकार्यको कथा हो । जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर रसस्वादन गराउने मुख्य ध्यय रहेको छ । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।

बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलहरि प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्तरजातिय विवाह महत्तवपुर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको छ । समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलहरि, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा ढकालले बताए ।

मैले कम लेखक तथा साहित्यकारहरूले कलम चलाएको विषयवस्तुमा कलम चलाएको छु भन्दै लेख्नै पर्ने दुरगामी महत्व राख्ने थारू पहाडी समुदायको सम्बन्धलाई विषयवस्तु बनाएको र धेरैले सोच्नै पर्ने विषयमा कलम चलाएकोले यो उपन्यास धेरैको रोजाइमा पर्ने कुरामा ढकालले विश्वास गरे । विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपुर्ण आकलन गर्न सकिन्छ । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह २०५८, ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह २०५९, ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह२०६३, ‘घाम उदाए’ हाइकु सङ्ग्रह २०६८ र सिमाना मुक्तक सङ्ग्रह २०७७ यस पहिला नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो । यो उपन्यासको आवरण कलाकार देवेन्द्र थुम्केलीले बनाएका हुन् ।

तपाईको प्रतिक्रिया