प्रकाश बराल /सुर्खेत /नेपाल जनस्वास्थ्य विध्यार्थी संघ (NPHSS-IOM)को अहिले सम्पन्न ३३औं कार्यसमितिको चुनावमा प्रकाश अधिकारी र पारस पङ्गेनी भारी मतले बिजयी भएका छन् । सन १९८८ मा स्थापना भएको जनस्वास्थ्य विध्यार्थीहरुको छाता सङगठन NPHSS-IOM, केन्दृय जनस्वास्थ्य विभाग अन्तर्गत वैधानिक हिसाबले प्रत्यक वर्ष विध्यार्थिहरुको नया कार्यसमिति वनाउदै आएको छ।
विध्यार्थिहरुको हकहितमा साझा आवाज उठाउने NPHSS को कार्यसमितिमा ११ सदस्यिय व्यवस्था रहेको छ। त्यसमध्य प्रमुख ५ वटा पदहरु : अध्यक्ष , उपाध्यक्ष , महासचिव , सचीव र कोषाध्यक्ष पदका लागि उम्मेदवारहरु चयन भएका छन। उपाध्यक्ष पदमा बि पि एच तेस्रो वर्षकि खुस्बु यादव, कोषाध्यक्ष पदमा बि पि एच तेस्रो वर्षकी सदिच्छा ढुङ्गेल र सचिव पदमा बि पि एच पहिलो वर्षकै आशिष राना एकल उम्मेदवारी बाट स्वत निर्वाचित भएका थिए भने, अध्यक्ष र महासचिवको निर्वाचन आज Central Department of Public Health IOM को परिसरमा सम्पन्न भएको छ। चुनावमा प्रकाश अधिकारिले अध्यक्ष पदमा र पारस पङ्गेनीले महासचिव पदमा भारी मतले बिजय हासिल गरेका छन। नव निर्वाचित अध्यक्ष अधिकारी बि पि एच चौथो वर्षमा अध्ययनरत हुन भने महासचिव पङ्गेनी वि पि एच तेस्रो वर्षमा अध्ययनरत छन।
यश चुनावमा Central Department of Public Health मा अध्य्यनरत स्नातक तह र स्नातकोत्तर तहका विध्यार्थिहरु मतदाताको रुपमा समावेश भएको जानकारी चुनाव अधिकृत कमल रानाभाटले जानकारी दिएका छन् ।
संयुक्त अजेण्डा लिएर अगाडि आएका अध्यक्ष अधिकारी र महासचिव पङ्गेनीले अब नयाँ कार्यसमितिले विध्यार्थीको क्षमता अभिवृद्धि , जनस्वास्थ्य व्यवसायी र विध्यार्थी बिचको सम्बन्ध, क्याम्पस र विध्यार्थी विचको सम्बन्ध सुधार लगायतका मुद्दाहरूलाई लिएर अघि आएको वताएका छन।
यश ३३ औं नयाँ कार्यसमितिले जनस्वास्थ्य विध्यार्थीको हकहितमा सधैं लागिपर्दै क्याम्पस भित्र र बहिरको विध्यार्थीलाइ एकजुट गराउने प्रतिवदता व्यक्त गरेकाे कुरा जनस्वास्थ्य केन्द्रीय विभागमा अध्ययनरत जनस्वास्थ्य कर्मी मुकेश अधिकारीले जानकारी गराउनु भएको छ ।
नेपाल जनस्वास्थ्य विध्यार्थी संघको चुनाव:अधिकारी र पङ्गेनी विजयी
तपाईको प्रतिक्रिया

दियो खबर । ६ श्रावण २०७९, शुक्रबार २०:१९