स्वतन्त्र बाट निर्वाचित मेयर शाही नेकपा एकीकृत समाजवादीमा फर्किए

सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकामा स्वतन्त्र हाँस चिन्ह लिएर निर्वाचित भएका मेयर शाही नेकपा एकीकृत समाजवादी पार्टीमा नै फर्किएका छन् ।
नेकपा (एकीकृत समाजवदी) केन्द्रीय पार्टी स्कुल विभागद्वारा आयोजित स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरूकाे अभिमूखिकरण कार्यक्रममा कालीकाेट जिल्ला खाडाचक्र नगरपालिका मेयर कमल बहादुर शाही र डाेल्पा जिल्ला समन्वय समितिका उप प्रमुख तेज बहादुर वुढा पार्टीमा समाहित भएका छन् ।
अध्यक्ष माधव कुमार नेपालले दाेसल्ला ओडाएर सम्मान गरेका छन् ।
नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य एवं कालिकोट जिल्ला पार्टी उपाध्यक्ष समेत रहेका शाही सत्तारूढ दल नेपाली काँग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी विच स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको थियो ।खाँडाचक्र नगरपालिकामा नेकपा एकीकृत समाजवादीको बहुमत हुदाहुदै पनि पार्टीका केही नेताहरुले खाँडाचक्र नगरपालिकाका नेता कार्याकर्ताहरुको मर्म विपरीत नेपाली काँग्रेस लाई मेयर र नेकपा माओवादी केन्द्र लाई उप-मेयर भागबन्डा भएको समाचार आएलगत्तै नेकपा एकीकृत समाजवादी खाँडाचक्र नगर कमिटीले एउटा विज्ञप्ति निकाल्दै खाँडाचक्र नगरपालिकाको वडा सदस्य देखि मेयर सम्म स्वतन्त्र निर्वाचनमा लड्ने निर्णय गरेर अघि बढ्यो र अनन्त नेकपा माओवादी केन्द्र संग स्वतन्त्र विच गठबन्धन भयो नेकपा माओवादी केन्द्रको उप-मेयर र स्वतन्त्र बाट मेयरमा चुनाव लडेका हुन् ।यसअघि पार्टीको प्रदेश कमिटी बैठकमा उपस्थित नभएको कारण थरीथरीका टिप्पणी भैरहेको बेला मेयर शाही आधिकारिक रुपमा एकीकृत समाजवादीमा खुलेपछि जिल्लामा नेकपा एकीकृत समाजवादी थप बलियो बनेको छ । शाहीलाई विशेषगरी एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य एवम् कर्णाली प्रदेश उपसचिव कुर्मराज शाहीका साथै जिल्ला कमिटी अध्यक्ष विश्वराज वम र उपाध्यक्ष चित्रसिंह गाउँलेले आफ्नै पार्टीमा फर्किन पहल लिएका थिए ।

तपाईको प्रतिक्रिया