करार कर्माचारी हटाउदा आधारभूत स्वास्थ्य चौकी माल्कोट बन्द

सुर्खेत / कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका-६ को माल्कोटमा रहेको आधारभूत स्वास्थ्य चौकी बन्द भएको छ ।
गाउँपालिकाले अघिल्लो सरकारले नियुक्ती गरेका करार कर्मचारी हटाएपछी आधारभूत स्वास्थ्य चौकी बन्द भएको हो ।
करारका कर्मचारी हटाइएर बाँकी दुई जना स्थायी स्वास्थ्यकर्मी बिदामा गएपछी केही दिनदेखी माल्कोट आधारभूत स्वास्थ्य चौकी बन्द रहेको स्थानियले बताएका छन् ।
स्वास्थ्य संस्थानै बन्द भएपछी सोमवार एक सुत्केरी चार घण्टासम्म स्टेचरमै बाहिर छट्पटाउनु परेको थियो ।यता गाउँपालिका अध्यक्ष नगिन्द्र विष्ट लाई सम्पर्क गर्नखोज्दा सम्पर्क हुन सकेको छैन्। राजनीतिक पुर्वाग्राहि दृष्टिकोण राखेर काम गर्दै आएका करार कर्मचारी हटाउनु भनेको जनता लाई नै अझ सास्ती दिनु हो ।
करार कर्मचारी आएर चार घण्टापछी गर्भवतीले छोरी जन्माएकी छन् ।

तपाईको प्रतिक्रिया