!!!!गजल !!!
लादैछस आमालाई यति धेरै प्यार गरेर ।
तैले के पाइस दैब म माथी अत्याचार गरेर ।
न त खुशी नै दिइस न त रुन नै दिइस,
कसरी मुस्कुराउन सकिस मुटुमा प्रहार गरेर ।
प्राण प्यारी आमालाई मृत्युशैयामा राखेको छु
बिज्ञान पनि हार्यो उपचारमा इन्कार गरेर ।
सिङ्गो जिन्दगी दुखमै बित्यो आमाको यहाँ
मेरो जिन्दगी पनि राखिदिइस लाचार गरेर ।
कति सपनाहरु अधुरै होलान पूरा नहोलान,
सकिएन साकार पार्न अहिले हतार गरेर ।।
मदराज शाही “बिबश अकेला”
मान्म-८ ताडी कालिकोट ।
दियो खबर । १२ भाद्र २०७७, शुक्रबार १५:५९