रुकुम पश्चिममा कोरोनाका कारण एकको मृत्यु

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दियो खबर संवाददाता भावना शर्मा। रुकुम पश्चिममा थप एक जना कोरोना (कोभिड-१९)संक्रमितको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ की ५६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
केही दिन अघी कोरोना संक्रमित भई होम आइसोलेसनमा बेसकी ति महिलाको मंगलबार साँझ मृत्यु भएको त्रिवेणी गाउँपालिका स्वास्थ्य सँयोजक विर बहादुर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार ति महिलामा केही दिन अघी चितवन मा स्वाव परिक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।
उनि क्यान्सर पिडित भएको र उपचारका लागी नेपालगञ्ज गएको समयमा कोरोना संक्रमण भएको पाइएको थियो । चिकित्सको सल्लाह बमोजिम ति महिला घर फर्किएर होम आइसोलेसनमा बसेकी थिइन । मृत्यु भएपछी फेरी आज बिहान पनि कोरोना परिक्षण गर्दा उनको रिपोर्टे पोजेटिभ नै आएको स्वास्थ्य सँयोजक डाँगीले बताउनुभयो ।
यस सँगै जिल्लामा कोरोना संक्रमनका कारण ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । केही दिन अघी चौरजहारी नगरपालिका १४ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया