युवा व्यवसायी शान्ति शाहीको लाली पाउडर सार्वजिनक

हस्त चौलागाँई/कालिकोटे चेली शान्ति शाही (चन्द) को तिज गित लाली पाउडर सार्वजनिक भएको छ । विगत लामो समयदेखि व्यवसायमा सक्रिय रहेकी शान्ति शाही(चन्द) समाजसेवामा पनी त्यतिकै चर्चामा छन् । गायक महेन्द्र शाही(रास्कोटी) र युवा व्यवसायि तथा गायिका शान्ति शाही(चन्द) को आवाजमा तिज गित लाली पाउडर आइतबार सार्वजनिक भएको हो । गायक तथा संगितकार शिव हमालको शब्द संगितमा रहेको लाली पाउडर गितमा डान्सर तथा मोडल आशा शाही र पछिल्लो समय टिकटक चर्चामा रहेका विजय पुनले मोडलिंङ गरेका छन् । शिव हमाल युटुव च्यानलमा लाली पाउडर गित सार्वजनिक गरिएको छ ।
युवा व्यवसायि शान्ति शाहीले समाजसेवामा विभिन्न कार्यहरु गदै आएकी छन् । कोरोना महामारीका बेला पनी विभिन्न ठाउँमा राहत वितरण गदै आएकी शाहीको संगित क्षेत्रमा रुची बढ्दो पाइएको छ । दियो खबर संग कुराकानी गदै शाहीले आफुलाई संगित क्षेत्र एकदमै मन पर्ने भएकाले पहिलो प्रयास गरेको बताइन् । शाहीले भनिन् यो भन्दा पहिला पनी पुस्कल शर्मासंग चर्चिकला नक्कले जति हेर्यो उति राम्रो नामक गितमा पनी आवाज दिएको बताएकी छन् । गायक पुस्कल शर्मासंग त्यो गितमा आवाज दिदा आफै गित गाउने सोच राखे,अनी अहिलेको तिजमा लाली पाउडर गित बजारमा ल्याएको उनको भनाई छ ।
गितको लिंक

तपाईको प्रतिक्रिया