प्रेमराज सिम्खडा/कालीकोट जिल्लालाई पुर्ण खोप शुनिश्चित अर्थात पुर्ण खोप पाएको जिल्ला घोषणा गरिएको छ । बिहवार जिल्लामा एक औपचारिक कार्यक्रमको आयोजना गदै जिल्लाका सबै नागरिकले पुर्ण खोप पाएको जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोट अन्तरगर्त खोप शाखाको तथ्यांकमा जिल्लाका सबैस्थानीय तह पुर्ण खोप पाएको घोषणा भईसकेको उल्लेख छ ।
छिटफिटमा पनि खोपको पहुँच पुगेको देखिएपछि जिल्लालाई नै देशको ६५ औँ जिल्लाका रुपमा घोषणा गरिएको बताईएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापन डाक्टर रत्नविर सुनारले जन्मेका वालवालिका देखि कोरोना बिरुद्धको खोप पनि पहिलो चरणमा लक्षित समुहले पाएपछि जिल्लालाई पुर्ण खोप पाएको जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले जम्मीने बितिकै पाउने बिसिजी खोप देखि दुई वर्ष पुगेपछि लगाउने खोप समेत सबै वालवालिकाले पाउने गरेको आफ्नो रिर्पोटमा उल्लेख भएको बताउनुभयो ।
सबै स्थानीय तहमा खोप केन्द्र रहेको र त्यहीवाट खोप कार्यक्रम सञ्चालन हुने त्यसको रिर्पोट जिल्लामा पठाउने हुदा रिर्पोट सबैले सधै खोप पाएको उल्लेख भएको सुनाउनुभयो । डाक्र सुनारले अनुगमनमा पनि त्यो पाईएको र केही कतै घोषणा पछि पनि छुटेको खण्डमा सबैले खोप अनिवार्य हो भन्ने कुरा वुझाउन अनुरोध गर्नभयो । घोषणा कार्याक्रममा शुभकामना दिदै नेपाल वारयसोसिएसनका संयो्जक अधिबक्ता हिक्मतवहादुर बिष्टले खोपको महत्व के रहेछ भन्ने कुरा आफुलाई कोरोना हुदा छ महिना भ्याटिलेटरमा वस्दा अनुभुती गरेको भन्दै सबैले तोके अनुसारका खोप लगाउनु नै रोगसंग लढ्ने क्षमताको बिकास हुने आफुले अनुभव गरेको सुनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि संबिधान सभा सदस्य तुलाराज बिष्टले उ वेला भेदको खोप भनेर एक खोप लगाउने त्यस खोपले ज्वरो निकालेको खण्डमा त्यो राम्रो हुने त्यसमान्छेलाई कुनै रोग नलाग्ने गरेको अनुभुती राख्दै खोप निरोगीताका लागि अनिवार्य भएको बताउनुभयो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, उपप्रमुख मिना रावत बिक, सबै स्थानीय तहका प्रमुख, जिल्लाका सबै सरकारी निकायका प्रमुख र सबै स्वास्थ्य सस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो । खोप कार्यक्रम सञ्चालनका लागि र आ आफ्नो पालीका घोषणामा खटिएका स्वास्थ्यक्रर्मी, सन्चारक्रर्मीलाई सम्मान समेत गरिएको थियो ।
कालीकोट पुर्ण शुनिश्चित जिल्ला घोषणा
तपाईको प्रतिक्रिया
दियो खबर । ३२ असार २०७९, शनिबार १०:१७