कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको राजीनामा माग गर्दै आन्दोलन

सुर्खेत /कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री जीवन बहादुर शाहीको राजीनामा मागिएको छ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै आज प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
नेता भण्डारीका अनुसार आज जुम्लामा समेत विरोध प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अविलम्ब पारित गर्न दबाबमूलक विधेयक ऐक्यबद्धता कार्यक्रम गरिएको हो ।

 

तपाईको प्रतिक्रिया