चलचित्र ‘चिसो मान्छे’जापानमा लाग्दै

टोकियो/पश्चिम नेपालको कथा समेटिएको चलचित्र ‘चिसो मान्छे’ जापानमा प्रदर्शन हुने भएको छ । चलचित्र कर्णाली प्रदेश समाज जापानको संयोजनमा पर्सी आइतबार प्रदर्शन हुने भएको हो ।

कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाही काअनुसार चलचित्र नाकानो जेरो हलमा आइतबार साँझ ६ बजे प्रदर्शन हुनेछ । नेपालमा यही असार ३ गतेबाट चलचित्र रिलिज भएको थियो । चिसो मान्छे मूलतः विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौँदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई प्रस्तुत गरिएको चलचित्र हो ।
चलचित्र नेपाली जनजीवनलाई जस्तोतस्तै देखाएको अध्यक्ष शाहीले बताए । कर्णाली क्षेत्रका नागरिकको भोगाइलाई मौलिकरुपमा उतारिएकाले चलचित्र प्रदर्शन गर्न लागिएको उनको भनाई छ । कर्णालीका बाढीपीडित बालबालिकाहरुको उच्च शिक्षामा सघाउन छात्रवृत्ति अभियानको लागि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन गर्न लागिएको हो ।
चलचित्र हेर्न भिआइपी टिकट १० हजार येनमा पाइने छ भने साधारण टिकट ३ हजारमा लिन सकिनेछ । चिसो मान्छे दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र हो । चलचित्रको मुख्य भूमिकामा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, अशान्त शर्मालगायतको छ ।

तपाईको प्रतिक्रिया