टोकियोमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

टोकियो/जापानको टोकियोमा जुलाई ३० र ३१ तारिक आयोजना हुने १२ औ नेपाल फेष्टिवल २०२२ मा नेपाली विशेषज्ञ डाक्टरहरुको सहभागितामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
गैर आवसिय नेपाली संघ(एनआरएनए) जापानको आयोजनाम हुने शिविरमा एनआरएन जापानका सचिव एवं स्वास्थ्य उपसमितिका संयोजक एलिजा केसीले दिनुभएको जानकारी अनुसार जापानको विभिन्न हस्पिटलहरुमा कार्यरत नेपाली डाक्टरहरुको सहभागितामा बृहद स्वास्थ्य शिविरको तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको हो ।
जुलाई ३० र ३१ गते दुबै दिन ५ जाना नेपाली डाक्टर एवं ४ जना नेपाली नर्सहरुको सहभागितामा स्वास्थ्य शिविर आयोजना हुने आयोजकले जानकारी दिएका छन ।
स्वास्थ्य शिविरमा होकेन (बिमा) तथा कुनै पनि जापान्काज कागजात नचाहिने एवं भाषाको समस्याका कारण पत्ता नलागेको रोगहरुका बारेमा जानकारी लिन सकिने छ ।
नेपाली भाषामा नै स्वास्थ्य शिविर संचालन हुने भएकाले सहभागि भई शिविरबाट लाभ लिन जापानबासी सबै नेपालीहरुलाई आयोजकले आवह्वान गरेको छ ।
निशूल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम
शनिबार हुने स्वास्थ्य सेवकहरु (१०:००-१२:३०)
१. डा. सन्दिप शाक्य (मुटु रोग विशेषज्ञ)
२. डा. सुप्रिया शाक्य (दन्त चिकित्सक)
३. डा. बिजय ज्ञवाली (मनोवैज्ञानीक, फोन परामर्श मात्र)
४. सुजता अधिकारी (नर्स)
५. सन्ध्या बासुकला (नर्स)
६. दृष्‍टि श्रेष्ठ (नर्स)
७.सुबाश अधिकारी (क्लिनिकल परीक्षण प्रबन्धक)
आईतवार हुने स्वास्थ्य सेवकहरु (१०:००-१२:३०)
१. डा. ससीम पौडेल (सामान्य तथा पेट र आन्द्रा रोग विशेषज्ञ)
२. डा. लुशुन चालिसे (न्युरोसर्जन/ टाउको, मेरुडण्ड, स्नायु रोग विशेषज्ञ)
३. डा. बिजय ज्ञवाली (मनोवैज्ञानीक , फोन परामर्श मात्र)
४. सुजता अधिकारी (नर्स)
५. सुबाश अधिकारी (क्लिनिकल परीक्षण प्रबन्धक)
आईतवार १३:०० देखि १५:०० बजेसम्म
महिला विशेष परामर्श सेवा (महिलाहरुको हक र हितका निमीत्त सम्पूर्ण कुराहरुको विषयमा परामर्श दिइनेछ जस्तै: काम, घर/ परिवार, स्वास्थ्य आदि)

तपाईको प्रतिक्रिया