भरखरै मात्रै पखेटा पलाएर म पखेटा चलाउँन सिक्दै मात्रै थिए म
त्यतै बखत बखत हठात् मेरा पखेटा काटिए,सपनाहरु तोडिए।
जुन पवित्र देउताका ठाउँमा गएर म सधैं सधैं शिर झुकाउँने गर्थे
आज ,त्यहीं देउताको एक रुप मलाई सधैंका निम्ति मौन गरायो।
हक र अधिकार मात्र पुरुषलाई भएको मेरो समाजमा
कोहि कृष्ण भएर आइदियोस् जसरी द्रौपदीको चीरहरण रोकिएको थियो ,हो त्यसरी नै कोहि आउ
यस्तो व्यवहार बनाउ,यस्तो बस्त्र बनाउ ,जुन लगाएसी कुनै
स्त्री बलात्कृत हुन नपरोस्
धेरै परिवारको आशिर्वाद लाग्नेछ तिमी लाई ……।
छोरीलाई गर्भमा मार्ने कुराको पनि सायदै महत्त्व राख्ने रहेछ
यहाँ जन्म लिएर पनि कहाँ स्वतन्त्र भएर बाँच्न पाइने रहेछ ।
नारी भएर यो समाजमा बाँच्न धेरै गाह्राे छ
बलात्कारी भई खुलेआम हिड्न साह्रै सजिलो ।
बलात्कारीलाई अपनाउन सक्छ मेरो समाज
पिडितलाई न्याय दिन सक्दैन मेरो सरकार …..
बहिरो सरकार सामु निर्मला र संझनाहरुजस्ता
निर्दोषका निम्ति न्याय माग्नु छ बेकार ……..।।
लिजा भण्डारी
नर्सिङ पहिलो बर्ष, बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान, धरान
कविता:म अर्थात सम्झना कामी
तपाईको प्रतिक्रिया
दियो खबर । ५ कार्तिक २०७७, बुधबार १४:०७