अपडेट

उपसभामुखको निर्वाचनका लागी आज मनोनयन, भोली मतदान

प्रतिनिधि सभाको उपसभामुखको  निर्वाचनका लागि आज  मनोनयन दर्ता हुने भएको छ । मनोनयनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मको लागि समय तोकिएको छ ।

उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा उल्लेख छ ।

सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भने उम्मेदवारी दिनेबारे कुनै निर्णय गरिसकेको छैन ।

 

तपाईको प्रतिक्रिया