सुर्खेत / काठमाडौं बाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् ।
बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।
धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।
आकाशमा उडिरहेको जहाज भित्र यात्रुले चुरोट तान्न थालेपछि
तपाईको प्रतिक्रिया

दियो खबर । २९ असार २०७९, बुधबार १९:१३