खेलाडी राष्ट्रका गहना हुन, संरक्षण गर्ने काम हाम्रो हो पुर्व अध्यक्ष वम

सुर्खेत ,प्रकाश बराल , कालिकोट जिल्लाका लाेकप्रिय युवा नेता पलाँता गाउँपालिकका प्रथम अध्यक्ष लक्ष्मण बहादुर बमले खेलाडी राष्ट्रका गहना हुन संरक्षण गर्ने काम हाम्रो हो ” भन्दै १२ आैं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता अन्तर्गत जिल्ला स्तरीय अथवा कर्णाली प्रदेश स्तरिय राष्ट्रिय खेलका लागि छनाैट प्रतियोगिता मा कालिकोट जिल्लाबाट भाग लिन प्रदेश राजधानी सुर्खेत गएका खेलाडी हरुकाे खाने र बस्ने अवस्था देखेर कराँते, तेक्वान्दो र अन्य खेलका खेलाडि हरुलाई हाेटेलमा खान र बस्न काे व्यवस्था गर्नुभएकाे छ । र नेपाल गाेजु-रियाे कराँते दाे-संघ शाखा कालिकोट का अध्यक्ष प्रेमसिंह तिरुवा संग उहाले प्रश्न गर्नुभयाे कालिकोट मा कराँते खेल सञ्चालनमा छ या छैन ? जवाफमा प्रेमसिंह तिरुवाले कालिकोट मा खेल त सञ्चालन मा छ तर खेलाडी भनेका गरिब हुन्छन् हामिसंग राम्रो ट्रेनिङ गर्ने नत फिल्ड छ नत खेलकुदका कुनै सामान , खेल मा जित्ने मात्र खेलाडि र हार्ने खेलाडि हैन भन्ने उदाहरण कालिकोट जिल्ला खेलकुद बिकास समितिले गरेकाे र ट्रेनिङ गर्नका लागि हामिसंग अहिले बिद्यार्थी त १३० जनाकाे हारहारिमा छन् ती खेलाडी लाई नि:शुल्क ट्रेनिङ दिएकाे तर त्यसभित्र पनि कति बिद्यार्थी आफुसंग खेल खेल्ने र सिक्ने ईच्छा भएकाे तर आर्थिक अवस्था ले पछि परेका राम्रो र अब्बल तर आफुले ट्रेनिङमा लगाउने कराँते गि (ड्रेस)समेत किन्न नसक्ने अवस्था भएका खेलाडि छन् । हामिले ड्रेस नभएपनि खेलाडी उत्पादन गर्ने हेतुले अगाडि बढिरहेका छाै हामिले खेलाडी ट्रेनिङ गराउनका लागि एउटै ठाउँमा स्थापित हुन सकेका छैनाै किनकि हाम्रो कालिकाेटमा रहेकाे कबर्ड हलमा ब्याटम्यानटेन संघ काे एकलाैटि राज चलेकाे बताए । याे सबै कुरा सुनी युवा नेता लक्ष्मण बहादुर बमले “खेलाडी राष्ट्रका गहना हुन, संरक्षण गर्ने काम हाम्रो हो” खेल खेल्न सबैका लागि आवश्यक छ । त्यसैले नै “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “भन्ने नारा राखिएकाे हुन्छ भन्दै युवा नेता बमले कालिकोट का नाजुक अवस्था का खेलाडी लाई ५० थान कराँते गि (ड्रेस)र ५० थान ट्रयाकसुट समेतकाे व्यवस्था गर्नुभएकाे छ । र खेलमा सबैले जित्यो भने हार्ने कसले त भन्ने सन्देश र सुझाव संगै खेलकुद का क्षेत्रमा अझै लागि पर्ने युवा नेता बमले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया