सुर्खेत /कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या देखिएको छ । रगतमा बोसोमा मात्रा अत्याधिक देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
अत्याधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार काठमाडौं लगिएको हो ।मन्त्री विष्टको उपचारमा संलग्न डाक्टर उज्वल अर्यालकाअनुसार रगतमा बोसोको मात्रा अत्याधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौं पठाइएको बताए । उनले भने, ‘पेट दुखेर अस्पताल आउनु भएको थियो, बेलुका आईसियूमा भर्ना गर्यौं, स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि सोमबार काठमाडौं रेफर गरेका हौं ।’मन्त्री बिष्टको अहिले काठमाडौ स्थिति मेडिसिटी हस्पिटलमा उपचार भईरहेको छ
मन्त्री विष्टको मेडिसिटी हस्पिटलमा उपचार हुदै
तपाईको प्रतिक्रिया
दियो खबर । २७ असार २०७९, सोमबार १४:५०