हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवनसिंह घलानविरुद्ध १४ वर्षीया एक किशोरीले बलात्कार प्रयास गरेको आरोपमा जाहेरी दर्ता गरेकी छिन् ।
हेटौंडामा भएको विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिन आएकी विकट कैलाश गाउँपालिकाका छात्रामाथि बलात्कार प्रयास भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनले दिएको किटानी जाहेरीमा आफूहरू बसेको होटलको कोठामा मध्यरात वडाध्यक्ष घिसिङ प्रवेश गरेर आफूलाई बलात्कार गर्न खोजेको आरोप लगाइएको छ ।
किशोरीले १८ गते दिनभर हेटौँडाको हुप्राचौरमा खेल रनिङ र लङ जम्प खेलेकी थिइन् । भोलिपल्ट पनि खेल रहेकाले त्यस दिन साँझ हेटौँडा उपमहानगरपालिका– १ जरुवाटोलमा रहेको आसन गेष्ट हाउसमा खाना खाएर तेस्रो तल्लामा रहेको रुममा सुतेकी थिइन् ।
सुतिरहेकै बेला राती साढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुर्व्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको उजुरीकर्ता विद्यार्थीको आरोप छ ।
आफू निदाएको अवस्थामा एक्कासि शरीरमा केही हिँडेजस्तो लागेर हेर्दा वडाध्यक्ष घलानले गोप्य अंगमा सुमसुम्याएको पाएपछि इन्कार गरेर लात्ती हानेपछि वडाध्यक्ष भागेको पीडित विद्यार्थीले बताएकी छिन् ।
वडाध्यक्ष घलानले आफूले गलत कार्य नगरेको भन्दै फसाउन खोजिएको दाबी गरे । घटना १९ असार रातिको हो । हेटौंडा–१ स्थित ओसिन गेस्टहाउसमा कालिका माविका विद्यार्थी खेलाडीसहित शिक्षक बसेका थिए । होटलको एउटा कोठामा पीडितसहित दुई विद्यार्थी बसेका थिए । पीडित बसेको कोठामा राति करिब साढे ९ बजेतिर वडाध्यक्ष घलान प्रवेश गरेको पीडितले बताएका छन् । तर, वडाध्यक्ष घलानले आफू विद्यार्थीहरूको निगरानीका लागि सक्रिय भइरहेको अवस्थामा राम्रोसँग सुत्न आग्रह गर्न र केही समस्या परे भन्न कोठामा प्रवेश गरेको बताए ।

दियो खबर । २७ असार २०७९, सोमबार ११:१३