वडा सरकार द्धारा २१ जना बालवालिकालाई शैक्षिक सामाग्री बितरण 

कालिकोट / जिल्लाको नरहरीनाथ गाउँपालीका वडा नं ३ का विपन्न परिवारका २१ जना बालवालिकालाई वडा सरकार द्धारा शैक्षिक सामाग्री बितरण गरियको छ । वडा सरकारको आर्थिक सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको सहजिकरणमा जोखिममा रहेका बालवालिकालाई वडा नं ३ का वडा अध्यक्ष कटक बहादुर बुढाले शैक्षिक सामाग्री हस्तान्तरण गरियको छ। बालवलालिकाको क्षेत्रमा काम गर्ने संस्था सादा नेपाल द्धारा पहिचान गरियका जोखिम बालवालिकालाई एक कार्यक्रमका बिच बिद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई स्कुल झोला,डे«स र स्टेशनरी सामाग्री वडा अध्यक्ष द्धारा बितरण गरियको सादा नेपालका सामाजिक परिचालक जगदिस भण्डाराले बताउनु भयो ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष बुढाले वडामा आर्थिक अभावका कारण स्कुलमा जाने बालवालिका लाई स्कुल झोला,ड्रेस र स्टेशनरी सामाग्रीको समस्या हुन नदिन विपन्न बालवालिकालाई वडा सरकारको सहयोगमा शैक्षिक सामाग्री बितरण गरेको बुढाले बताउनु भयो । आजका बालवालिकालाई हामिले कोपिलाको रुपमा संरक्षण गर्नु हरेक जिम्मेवार नागरिकको दायीत्व भयकाले वडा पालिकामा रहेक अरु बालवालिकालाई पनि विभिन्न सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयको छ ।

तपाईको प्रतिक्रिया