जति बेला आश लाग्छ त्यही बेला देखाउछु ।
आफ्नै जवान संगै भाग्यको खेला देखाउछु ।।
कति मुटु दुखाउछस दैब निकालेर लैजाऊ ।
मेरो लागि गरेकै हो भने हल्केला देखाउछु ।।
कर्मको यस्तो खेल रहेछ देखाउन नमिल्ने ।
राता दिन नग्रा खियाएको ठेला देखाउछु ।।
किन मेरो लागि सत्यको कथा नै छैन यहाँ ।
दीनमा आउछौ भने मैले अबेला देखाउछु ।।
संगितको नमुनामा एउटा मात्र खालि बाजा ।
हेर्छौ हेर्दिनौ पुरानो उही तवला देखाउछु ।।
गाेविन्द बहादुर विक(अनुरागि )
शान्नि त्रिबेणि गाउँपालिका १कालिकोट
दियो खबर । २ कार्तिक २०७७, आईतवार १२:४६