शनिबार पनि भुक्तानी दिन महालेखाको सर्कुलर

काठमाडौं / महालेखा नियन्त्रक कार्यालयले आज शनिबार सार्वजनिक बिदाको दिन भएतापनि निकाशा भुक्तानी दिन पत्राचार गरेको छ ।
आज २५ गते राती १२ बजे देखि आर्थिक वर्ष ०७८/०७९ को बार्षिक खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरु बन्द हुने भएकोले शनिबारको दिनमा पनि भुक्तानीको व्यजस्था मिलाउन महालेखाले पत्राचार गरेको हो ।
सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा इकाइहरु र स्थानीय तहहरुलाई शनिबार पनि उक्त सेवा दिन अनुरोध गरिएको हो ।
भोलिदेखि भने प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया