सुर्खेत /सबै भन्दा पछि पदभार ग्रहण गरेका महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले पदभार ग्रहण गरे लगत्तै पहिलो काम प्रशासनीक भवनको शिलान्यास गरेका छन्। साधन श्रोत जुटाउदै गाउँपालिकाको प्रशासनीक भवन निर्माण कार्य अगाडी बढाउन शिलान्यास गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले भवन निर्माणका लागि दुुई वटा विकल्प देखिएपछि नयाँ प्रशासकीय भवनको नवनिर्वाचित अध्यक्षद्धारा शिलान्यास कार्य गरिएको बताए । हाल उक्त गाउँपालिका भाडाको घरमा बस्दै आएको छ ।
गाउँपालिकाले सो भवन ४० लाख रुपैयाँमा भवन निर्माण गर्ने लागत निकालेको छ । शिलान्यास कार्यक्रममा अध्यक्ष सिंह ।उपाध्यक्ष दानसिंह सेजुवाल लगाएत स्थानीयहरुको उपस्थिति थियो ।भवन निर्माण कार्य चाँडै सम्पन्न गरेर भाडाको घरको कार्यालयलाई आफ्नै भवनमा सर्ने समेत अध्यक्ष सिंहले बताए ।
गाउँपालिकाका अध्यक्ष सिंहको पहिलो काम प्रशासनिक भवनको शिलान्यास
तपाईको प्रतिक्रिया
बालिका आचार्य । २४ असार २०७९, शुक्रबार २३:२५