न्यायिक समिति तथा स्थानीय दलित ,महिला र जनप्रतिनिधिहरु लाई कानुनी सचेतना तालिमसम्पन्न 

दियो खबर संवाददाता ।कालिकोट जिल्लाको होटल मदनमा  न्यायिक समिति तथा स्थानीय दलित ,महिला र जनप्रतिनिधिहरु लाई कानुनी सचेतना तालिमको समापन गरिएको छ।चेतना अभिवृद्धि एवं समाजका अध्यक्ष कृष्णकला पाण्डेको सभाअध्यक्षता र  खाँडाचक्र नगरपालिका उप-प्रमुख विजया विष्टको प्रमुख आतिथ्यता मा तीन दिने तालिमको सम्पन्न गरिएको छ।उप-प्रमुख विष्टले कार्यक्रम लाई समापन गर्दै तीन दिन सम्म तालिममा सिकेका कुरा आफ्नो घर परिवार र समाजमा लागू गर्न पनि आग्रह गर्नु भएको छ। यस्ता तालिमहरु प्रत्येक वडा-वडामा आवश्यक भएको पनि बताइन् ।  नेपालीहरुको महान चाड विजया दशमी ,शुभ-दिपावली  छठ पर्व २०७७ तथा नेपाल सम्वत ११४१ लगायतका पर्वहरुको शुभ-उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख,शान्ति ,समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।हाल विश्व महामारी रुपमा फैलिएको कोरोना(COVID-19) संक्रमण बाट आफू र आफ्नो परिवार तथा समाजमा फैलिन नदिन पनि आग्रह गर्नुभएको छ। यस कार्यक्रम को उदेश्य सिमान्तकृत मा रहेका बालबालिका ,दलित,महिला, र जनप्रतिनिधि लाई लक्षित गरि यो कार्यक्रम गरिएको थियो । खाँडाचक्र नगरपालिका वडा नम्बर४ का वडाअध्यक्ष धनसिंह विश्वकर्मा ,नेपाल वार एशोसिएसन जिल्ला वार इकाई कालिकोट अध्यक्ष दमनराज बम,दलित सेवा संघ का अध्यक्ष दान बहादुर विश्वकर्मा ,  अपाङ्ग महासंघका केन्द्रीय सदस्य  केशवराज देवकोटा ,कोषाध्यक्ष बसन्त सुनार, प्रहरी जवान पंचकन्या गिरी ,नागरिक समाज संचारकर्मि,पत्रकार ,र सरकारवाला निकायको सहभागिता रहेको थियोे । उक्त कार्यक्रमका प्रशिक्षण अधिवक्ता दमनराज बमले नेपालको अन्तिम संविधान २०७२ मा कानुनमा व्यवस्था भए अनुसारको बारे नेपालको न्याय प्रणाली सम्बन्धि सामान्य जानकारी ,समानताको हक,न्यायीक समिति ,यसको काम,कर्तव्य र अधिकार महिला अधिकार ,सामाजिक कुप्रथा र कानुनी उपचार जस्तै छाउपडि आदि सम्बन्धि व्यवस्था ,अपराध सहितको मुलुभुत विशेषता,सरचना र फौजदारी न्यायका सामान्य सिद्धान्त बारे संक्षिप्त जानकारी ,जेष्ठ नागरिकको हक,बिबाह सम्बन्धि कानुनी व्यवस्था कानुनी सहायता सम्बन्धि व्यवस्था बारे प्रशिक्षण गर्नुभएको थियो। दलित सेवा संघका जनवकालत अधिकृत  रमेश नेपालीले दलित अधिकार ,बाल अधिकार ,सामाजिक समावेशीकरणसम्बन्धि संवैधानिक र कानुनी व्यवस्याहरु बारे प्रशिक्षण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया