अपडेट

कोरोनाको चोथौ लहर आउने जनस्वास्थ्यविज्ञहरुको आंकलन

नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो ।

हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएसँगै नेपालमा पनि चोथौ लहर आउने जनस्वास्थ्यविज्ञहरुको आंकलन छ ।

तपाईको प्रतिक्रिया