काठमाडौं /बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार मतदान शुरु भएको छ । बुढीगंगामा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । निर्वाचनकै लागि तीन दिनसम्म बुढीगंगा नगरपालिकाले बिदा दिएको छ ।
३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले कार्यकर्ताहरुले बुथ कब्जा गरेका थिए ।
१० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ ।
मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् ।विगतका तिक्तता त्यागेर स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन दलका नेताले लिखित सहमति गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए ।
बुढीगंगा नगरपालिकामा आज मतदान हुदै
तपाईको प्रतिक्रिया

दियो खबर । २३ असार २०७९, बिहीबार ०९:०२