सुर्खेत /कालिकोट जिल्लामा आ.ब. २०७८।०७९ को स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा तिलागुफा नगरपालिकाको समन्वयमा यही २०७९ असार १९ र २० गतेका दिन एकिकृत जनस्वास्थ्य अभियान तथा बिशेषज्ञ स्वास्थ्य शिबिर सफलतापूर्क सम्पन्न गरेको छ । तिलागुफा नगरपालिका-११ का वडाध्यक्ष नरेन्द्र बहादुर रोकायाको अध्यक्षता र स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्न वीर सुनारको प्रमुख आतिथ्यतामा उक्त शिबिरबाट जम्मा ४७३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । जस मध्ये बिशेषज्ञ स्वास्थ्य सेवा अन्तर्गत महिलाको पाठेघरको मुखको क्यान्सरको परिक्षण ४३ जना, दन्तरोग उपचार सेवा ४६ जना, भिडियो एक्स रे २७ जना, फिजियोथेरापी २५ जना, पूरुष बन्ध्याकरण ६ जना, लामो अबधिको परिवार नियोजनको अस्थायी साधन ईम्प्लान्ट २ जना, आङ्ग खसेका महिलाको पाठेघरको मुखमा रिङ्ग राखेको १ जना , प्रयोगशाला परिक्षण ३० जना, कोभिड विरुद्ध बुस्टर खोप लगाएको १०४ जना र बिभिन्न प्रकारका स्वास्थ्य शिक्षा, सूचना तथा संचार सामाग्री बितरण ३५० जनालाई वितरण गरिएको सूचना अधिकत कटक बहादुर महतले बताए ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटद्वारा तिलागुफामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया
दियो खबर । २१ असार २०७९, मंगलवार १८:४०